Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र,रौतहट

राजपुर ,रौतहट, नेपाल

मधेश प्रदेश सरकार

शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र,रौतहट

राजपुर ,रौतहट, नेपाल

हाम्रो बारेमा

2078-09-10

2078-09-10


देशमा गरिबीको कारण बढदै गएको बेरोजगारी समस्यालाई केहि हदसम्म समाधान गर्नका लागि बेरोजगार श्रमशक्तिलाई उपयुक्त तालिम दिई स्वरोजगार वा वैतनिक रोजगारमा संलग्न गराई गरीबीको प्रतिशत घटाउने, स्वदेशी कलकारखानामा भएका गैर नेपाली कामदारहरुको हावीपन लाई घटाउने र स्वदेशी कलकारखानामा चाहिने सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ आ.व. २०६६/०६७ मा स्थापना भएका व्यवसायिक तथा सीप विकास तालिम केन्द्र रौतहट सामाजिक विकास मन्त्रालयको मातहतमा रही रौतहट , बारा र पर्सा जिल्लाका गा.पा./न.पा हरुमा  निरन्तर रुपमा सिपमुलक तालिम कार्यक्रमहरु  संचालन  गर्दै आईरहेको छ । 
वर्षेनी हाम्रो देशबाट लाखौ युवा जनशक्तिहरु रोजगारीको लागि खाडि लगायतका अन्य मुलुकहरुमा जान्छन् । ति देशहरुमा जाने जनशक्तिहरु सीपयुक्त र दक्ष नभएका कारण जोखिमपुर्ण काम, न्युन पारिश्रमिकमा गर्नुपरिरहेको तितो यतार्थता पनि हामी बिच रहेको छ । यसरी बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सीपयुक्त र दक्ष बनाउनु पर्ने दायित्व पनि हाम्रो नै हो । 
यस तालिम केन्द्रको कार्य क्षेत्र रहेको गा.पा/ न.पा. हरुबाट बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या उल्लेखनिय रहेको छ । कार्यालय रहेको जिल्ला रौतहट,बारा र पर्साबाट ठुलो संख्यामा व्यक्तिहरु बैदेशिक रोजगारमा संलग्न रहेको विभिन्न समयमा प्रकाशित तथ्यांकहरुले देखाएको छ । यसकारण व्यावसायिक तथा सीप विकास तालिम केन्द्र रौतहटबाट रौतहट ,बारा र पर्सा जिल्लाका बेरोजगार  युवावर्गलाई राष्ट्रिय र अन्तरराष्ट्रिय श्रम बजारको माग अनुसारका विभिन्न विषयमा आधारभुत , अल्पकालिन तथा बैदशिक रोजगारको लागि सक्षम बनाउनु आजको आवश्यकता हो । 

पछिल्लो अपडेट गरिएको : 2080-12-16 17:08:51
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers